दमाैली, २९ जेठ । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिला छन् ।
पक्राउ पर्नेमा बर्दिया बासगडी न.पा. वडा नं.-४ बस्ने वर्ष २० को सुवास परियार र साेही ठाउँ बस्ने १९ वर्षीय सुशीला सुनार रहेकाे इलाका प्रहरी कार्यालय आँबुखैरेनी जनाएकाे छ ।
मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा.प्र.०२-०२६ प १०३२ नं.को एनएस मोटर साइकलमा जाँच गर्दा निजहरुबाट ट्रामाडाेल एक हजार पाँच सय थान बरामद गरिएकाे छ ।