नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि भाेलिदेखि बिहान ७ बजेदेखि सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि भाेलिदेखि बिहान ७ बजेदेखि सेवा

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८२, बिहीबार

    दमाैली, २९ जेठ । जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि भोलि शुक्रबारबाट बिहान ७ बजेदेखि सेवा दिने भएको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ बजेदेखि ५ बजेसम्म सेवा दिन लागेको हो ।

    बढ्दो गर्मीका कारण चापले सेवाग्राहीलाई सास्ती भएकाले बिहानैदेखि सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । उनले भने “सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानैदेखि सेवा प्रवाह हुनेछ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।”

    May be an image of ticket stub and text