दमौली, ३० जेठ । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट अनुशासन आयोग सचिवमा तनहुँकी स्मृति अधिकारी निर्वाचित भएकी छिन् ।
गएराति सम्पन्न मतगणनामा सात सय २३ मतसहित अधिकारी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिष्पर्धी विश्वराज कार्कीले दुई सय ६४ मत ल्याए । साथै सुसन धमलाले दुई सय ५० र सुरेश कुमार घर्तीले दुई सय २० मत ल्याए ।