दमौली, ३१ जेठ । जेसीआइ व्यास नगरले जेसीज सप्ताहको अवसरमा शनिबार व्यास नगरपालिका-३ अनसन चौतारीमा रक्तदान गरेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेसीआइ व्यास नगरले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।
अस्पतालमा रगतको आपूर्ति पूरा गर्ने उद्धेश्य सहित रक्तदान गरिएको जेसीआइ व्यास नगरका अध्यक्ष सुमित ढुङ्गानाले जानकारी दिए । त्यसक्रममा १२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जेसीआइ व्यास नगरले सामाजिक काममा उदाहरणीय काम गर्दै आएको बताए ।