दमाैली, २ असार । व्यासका विभिन्न ठाउँमा भाेलि बिहान तीन घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । मुग्लिन पाेखरा सडक विस्तार आयाेजना अन्तर्गत व्यास-१ गल्वुवेशीमा रहेकाे ट्रान्सफर्म सार्नका लागि बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएकाे छ ।
केन्द्रका अनुसार गल्बुबेशी , सिमलटार , ताल्घारे, भादगाउँ , अम्रापुरी , बिसघरे, चार्कुने , लिचिघारी लगायत क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।