दमाैली, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापना दिवसको अवसरमा दमाैलीकाे अनसनचाैतारीमा शनिबार साँझ दीप प्रज्ज्वलन गरेकाे छ ।
साे पार्टीकाे व्यास नगर समितिले अनसन चाैतारीमा दीप प्रज्ज्वलन गरेकाे हाे । पार्टीका जिल्ला सभापति विश्व बास्ताेलाकाे नेतृत्वमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले घण्टीको प्रतिमा निर्माण गरी त्यसमा दीप प्रज्वलन गरेका हुन्।
रास्वपाले स्थापना दिवसका अवसरमा जिल्लाका सबै पालिकामा विविध कार्यक्रम गरेकाे व्यास नगर समितिका सभापति चुडामणी दाहालले जानकारी दिए ।