दमौली, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसको अवसर पारेर म्याग्दे गाउँपालिका–५ साउने पानी निवासी कलेजो सम्बन्धी गम्भीर रोगबाट पीडित बिरामी थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
रा.स्व.पा. म्याग्देका सभापति मनोज अधिकारीका अनुसार बिरामी थापालाई नगद रु १२ हजार ८५० सहयोग गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा सभापति अधिकारीसहित पार्टीका सदस्यहरू पनि सहभागी थिए।
“हामीले स्थापना दिवसलाई केवल औपचारिक रुपमा मनाउने होइन, सामाजिक उत्तरदायित्वका काममा संलग्न हुने अवसरको रुपमा लिएका छौँ,” सभापति अधिकारीले भने ।