एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एसीसी यु–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित, जापान ९ विकेटले पराजित

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८२, मंगलवार

    काठमाडाै, १० असार । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सहज जित निकालेको हो ।

    जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे ।

    नेपालका शिवांश बजगाईँले सर्वाधि ३८ रन जोडे । यस्तै, प्रसिद्ध जैसीले ३३ रन बनाए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा अलआउट हुँदै ८० रन बनाएको थियो ।

    जापानका चार्ली हाराहिन्जीले ३६ तथा गम्बी हाराहिन्जीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालका शुभम खनालले ५, अभय यादवले २ तथा शुशील रावल र विपिन शर्माले १–१ विकेट लिए ।

    यो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । यसअघिको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । पराजित भएको जापानको दुई अंक छ ।