विद्युतीय सवारी चालकलाई सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    विद्युतीय सवारी चालकलाई सचेतना

    खबरपुञ्ज संवाददाता

    १० असार २०८२, बुधबार

    दमौली, ११ असार । पछिल्लो समय विद्युतीय सवारी साधन दुर्घटना बढेपछि इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले सवारी चालकलाई सचेतना जगाउन थालेको छ।

    पृथ्वीराजमार्गमा सञ्चालन हुने विद्युतीय सवारी साधनका चालकलाई प्रहरीले बुधबार सचेतनामूलक कार्यक्रम गरेको छ ।

    विद्युतीय सवारी साधनको प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढ्दै गइरहेको र दुर्घटनामा विद्युतीय सवारीहरूको संलग्नता पनि क्रमशः बढिरहेको सन्दर्भमा दुर्घटनाबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले सचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

    सुवेदीले विद्युतीय सवारी साधनको संरचना र विशेषता, पछिल्लो समय बढेका दुर्घटनाका प्रमुख कारणहरू, दुर्घटना न्यूनीकरणका उपायहरू र चालक, सहचालक र यात्रुले अपनाउनु पर्ने सावधानी र सतर्कताका विषयमा जानकारी गराएका थिए ।