दमौली, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै त्यसका विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।
देशव्यापी अभियान अन्तर्गत दमौलीको अनसन चौतारीमा बिहीबार र शुक्रबार हस्ताक्षर अभियान चलाइएको हो ।
हस्ताक्षर अभियान जिल्लाभर सञ्चालन हुने रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले जानकारी दिए ।