एसइइ नतिजामा शुक्लागण्डकीका एक विद्यालय निल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइ नतिजामा शुक्लागण्डकीका एक विद्यालय निल

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८२, आईतवार

    दमौली, १५ असार । यस वर्षको एसइइमा शुक्लागण्डकी नगरपालिकाका एक विद्यालयको नतिजा निल भएको छ। शुक्लागण्डकी नगरपालिकास्थित दिवस माध्यमिक विद्यालयको नतिजा निल भएको हो ।

    परीक्षामा विद्यालयबाट १५ जना सहभागी रहेकामा सबै अनुत्तीर्ण भएका छन् ।

    महेन्द्र मावि निल हुनबाट जोगिएको छ । आठ विद्यार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएका छन् ।

    शुक्लागण्डकी नगरपालिकास्थित सामुदायिक विद्यालयको नतिजा ५४.८२ प्रतिशत रहेको छ । सामुदायिकतर्फ कुल ६ सय २२ विद्यार्थीमध्ये तीन सय ४१ उत्तीर्ण भएका छन् ।