दमाैली, १५ असार । बाइसाै धान दिवसकाे अवसरमा आइतबार म्याग्देमा आयाेजना गरिएकाे हिलाेमा डाेरी तान प्रतियाेगितामा पुरुषतर्फकाे उपाधि पल्पसा क्याफे समूहले जितेकाे छ । म्याग्दे गाउँपालिकाकाे आयाेजनामा म्याग्दे-४ मा भएकाे प्रतियाेगितामा विष्णु खत्री समूह द्वितीय भएकाे छ ।
त्यस्तै महिलातर्फकाे उपाधि म्याग्दे-४ स्थित बिजुली आमा समूहले जितेकाे छ भने प्रगति टाेल विकास संस्था द्वितीय भएकाे छ ।
प्रतियोगितामा प्रथम तथा द्वितीय हुने समूहले क्रमश: रु पाँच हजार र रु तीन हजार नगद प्राप्त गरेका छन् । विजयीहरुलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरस्कार वितरण गरे ।