संस्कृति संरक्षणका लागि ऑबुखैरेनीमा श्रीकृष्ण जन्माष्टमी जात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    संस्कृति संरक्षणका लागि ऑबुखैरेनीमा श्रीकृष्ण जन्माष्टमी जात्रा

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८२, सोमबार

    दमौली, १६ असार । संस्कृति संरक्षणका लागि ऑबुखैरेनीमा श्रीकृष्ण जन्माष्टमी जात्रा हुने भएको छ । ऑबुखैरेनी संस्कृति संरक्षण मञ्चको आयोजनामा आगामी साउन ३१ गते ऑबुखैरेनी बजारमा जात्राको तयारी गरिएको हो ।

    आँबुखैरेनी क्षेत्रको लोक संस्कृतिको संरक्षण एवं प्रबर्धन गर्ने हेतुले “हाम्रो रीती हाम्रो थिती, जोगाई राखौं संस्कृति” भन्ने मुलनारालाई आत्मसाथ गर्दै यस वर्ष पनि जात्राको आयोजना गरिएको मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

    मञ्चले आफ्‌नो स्थापनाकाल विसं २०६३ देखिनै यस क्षेत्रको परम्परागत जात्रा श्रीकृष्ण जन्माष्टमी तथा नेपाली हिन्दु महिलाहरूको महानपर्व हरितालिका तीज पर्व आँबुखैरेनी पर्व मनाउन अग्रणी भूमिका खेल्दै आईरहेको छ ।

    स्थानीय स्तरको विभिन्न टोल विकास समिति, संघ-संस्था, क्लबहरूसँग समन्वय गरि मनाउँदै आएको जात्रामा विगतका वर्षहरूमा आँबुखैरेनी क्षेत्रका छिमेकी पालिकाहरू साथै देशका अन्य भागहरूबाट पनि विभिन्न विधाका साँस्कृतिक कार्यक्रमहरू झिकाई मनाउँदै आएकामा यसवर्ष आँबुखैरेनी गाउँपालिकाभित्रका ६ वटै वडाका परम्परागत रूपमा चलिआएका संस्कार, संस्कृति झल्कने कार्यक्रमलाइनै प्राथमिकता दिने श्रेष्ठले उल्लेख गरे ।