दमाैली, १७ असार । लियाे क्लव अफ तनहुँकाे पद हस्तान्तरण गरिएकाे छ । मङ्गलबार आयाेजित एक कार्यक्रमका बीच वर्ष २०२४/२५ का अध्यक्ष आकाश खनालले वर्ष २०२५/२६ का अध्यक्ष राेविन श्रेष्ठलाई पद हस्तान्तरण गरेका हुन् ।
वर्ष २०२५/२६ का लागि प्रथम उपाध्यक्षमा मुकेश बिडारी, द्वितीय उपाध्यक्षमा राम श्रेष्ठ, तृतीय उपाध्यक्षमा प्रकाश गुप्ता, सचिवमा अन्जना पन्थ, काेषाध्यक्षमा सागर श्रेष्ठ, सहसचिवमा प्रिया भण्डारी चयन भएका छन् ।