गण्डकी कप राष्ट्रिय महिला बास्केटबलका लागि तनहुँका तीन खेलाडी छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी कप राष्ट्रिय महिला बास्केटबलका लागि तनहुँका तीन खेलाडी छनोट

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८२, मंगलवार

    दमौली, १७ असार । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा हुने गण्डकी कप राष्ट्रिय महिला बास्केटबल प्रतियोगिताका लागि तनहुँका तीन खेलाडी छनोट भएका छन् ।

    असार १९ गते देखि २१ गते सम्म पोखरा रंगशालामा हुन गइरहेको प्रतियोगिताका लागि तनहुँका तीन खेलाडी छानिएका हुन् । उनीहरु तीनै जना हैरान्स क्लवका खेलाडी हुन् ।

    छनोट हुनेमा स्नेहा ठकुरी, सानुशा लामगादे र रश्मी गुरुङ रहेका छन् ।

    गण्डकी बास्केटबल संघले १२ खेलाडी छनोट गरेको छ ।