दमाैली, १९ असार । व्यास नगरपालिका-१ हाइस्कुलटारस्थित निर्मल माध्यमिक विद्यालयकाे प्रधानाध्यापकमा पुन: गणेशचन्द्र बस्नेत नियुक्त भएका छन् । लामाे समयदेखि विद्यालयकाे प्रधानाध्यापककाे जिम्मेवारीमा रहेका बस्नेतलाई नगरपालिकाले पुन: प्रधानाध्यापक नियुक्त गरेकाे हाे ।
प्रधानाध्यापक बस्नेतले व्यास नगरपालिका-१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरै लगायतकाे उपस्थितिमा बिहीबार पदभार ग्रहण गरेका छन् ।