


दमौली, २६ असार । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई र सरस्वती भट्टराईले वैवाहिक वर्षगॉठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
भट्टराई दम्पत्तिले बिहीबार वैवाहिक वर्षगॉठको अवसर पारेर भवन निर्माणका लागि ११ हजार १ सय ११ सहयोग गरेका हुन् ।
श्रमजीवि पत्रकारहरुको सबैभन्दा ठूलो संगठन प्रेस चौतारीको भवनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको भट्टराईले बताए ।