कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रकाे सार्वजनिक सुनुवाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रकाे सार्वजनिक सुनुवाइ

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८२, बिहीबार

    दमाैली, २६ असार । कृषि ज्ञान केन्द्र तनहुँ र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे आयाेजनामा बिहीबार सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ । दुवै कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पादित कार्यका बारेमा जानकारी दिन सार्वजनिक सुनुवाइ गरेका हुन् ।

    कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख गाेपाल शर्मा लामिछानेले कार्यालयले एक वर्षमा गरेका कामका बारेमा जानकारी गराए । कार्यालयले सङ्घतर्फबाट विनियाेजित बजेटमध्ये ६१.३४ प्रतिशत वित्तीय प्रगति गरेकाे छ भने प्रदेशतर्फ ७५.१३ प्रतिशत प्रगति गरेकाे छ ।

    सङ्घ र प्रदेश गरी वार्षिक खर्च प्रतिशत ७४.८१ प्रतिशत रहेकाे उनले जानकारी दिए । चालु र पुँजीगत गरी रु सात कराेड ७६ लाख २१ हजार विनियाेजन भएकामा रु पाँच कराेड ८० लाख ६९ हजार खर्च भएकाे साे अवसरमा जानकारी दिइयाे ।

    त्यस्तै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख रविनसन अधिकारीले सङ्घ र प्रदेशकाे गरी कूल ५६.३६ प्रतिशत प्रगति भएकाे जानकारी दिए । प्रदेश सरकारका सशर्त अनुदानतर्फ ५५.९८ र सङ्घ सरकार सशर्त अनुदानतर्फ ७०.१९ प्रतिशत प्रगति भएकाे उनले उल्लेख गरे ।