


दमौली, २६ असार । व्यास नगरपालिका-१ भादगाउँमा बिहीबार सॉझ एक वृद्धमाथि खुकुरी प्रहार भएको छ। ५६ वर्षीय सिद्धबहादुर ठकुरीमाथि सोही ठाउँका १९ वर्षीय विशाल मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् ।
एक आपसमा झैझगडा हुँदा विशालले खुकुरी प्रहार गरी सिद्धबहादुरलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
घाइतेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।