दमौली, २७ असार । शैक्षिक परामर्श व्यवसायी श्रीराम पौडेलले तीजको गीत ‘ऑखा सन्काइ सन्काइ’ सार्वजनिक गरेका छन् । पछिल्लो समय कलाकारिता क्षेत्रमा समेत लागेका पौडेलले तीजलाई लक्षित गरी नयॉ गीत सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा स्वयं पौडेल र गायिका पूर्णकला विसीको आवाज रहेको छ । विगतका गीतलाई दर्शकले रुचाएको र यो गीतलाई पनि उत्तिकै माया र समर्थन प्राप्त हुने उनको विश्वास छ ।