


दमाैली, १ असार । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमल बहादुर आलेले ऋषिङा विपन्न नागरिकका बिजुलीकाे महशुस मिनाहा गर्न उर्जा, जलस्राेत तथा सिचाइँमन्त्री दीपक खड्कासँग आग्रह गरेका छन् । बिहीबार मन्त्री खड्कासँग भेट गरी आलेले उक्त माग गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणकाे सामाजिक उत्तरदायित्व काेषबाट उक्त रकम तिरेर यहाँका विपन्न, असहाय नागरिकलाई राहत दिन माग गरेकाे आलेले बताए ।
त्यसक्रममा मन्त्री खड्काले शुल्क नै मिनाहा गर्न नमिल्ने तर सामाजिक उत्तरदायित्व काेषबाट रकम दिन मिल्ने प्रतिबद्धता जनाएकाे आलेले उल्लेख गरे ।
प्रतिष्ठानले ऋषिङका स्वास्थ्य, शिक्षा लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएकाे छ । प्रतिष्ठानले सो वडाका वृद्धवृद्धालाई सहयोग गर्नका लागि रु दश लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा असहाय, विपन्न वृद्धवृद्धालाई सहयोग गरिएकाे छ ।
नेपाली काङ्ग्रेसका नेता झुलबहादुर आलेको सम्झनामा उक्त प्रतिष्ठान गठन गरिएकाे हाे ।