छिर्कनेमा माइक्रो दुर्घटना हुँदा चार जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छिर्कनेमा माइक्रो दुर्घटना हुँदा चार जना घाइते

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    दमौली, ४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा आज बिहान ७ः३० बजे माइक्रो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    पोखराबाट काठमाडौतर्फ जाँदै गरेको बा ४ ख ८४१३ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा माइक्रोमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका–६ बस्ने ४० वर्षीय रुद्रबहादुर पहाडी, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बस्ने ३० वर्षीय रामु थापा, सोलुखुम्बुको नेचासल्यान बस्ने ४५ वर्षय रुद्रप्रसाद कट्टेल, धादिङको गङ्गाजमुना गाउँपालिका–२ बस्ने २० वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् । घाइतेमध्ये तामाङ माइक्रोका सहचालक हुन् ।

    घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिएको छ ।