ऑबुखैरेनीमा १९ किलो गॉजा सहित लामा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा १९ किलो गॉजा सहित लामा पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८२, आईतवार

    दमौली, ११ साउन । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट ठूलो परिमाणमा गॉजा सहित आइतबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसङ्खु पाखर गाउँपालिका-२ बस्ने १९ वर्षीय समिर लामा रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ । 

    पृथ्वी राजमार्ग सडकखण्डमा प्रहरी टोलीले सवारी साधन तथा शङ्कास्पद मानिसहरुलाई जॉच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा १९ केजी आठ सय ग्राम गॉजा बरामद गरिएको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।