सरसफाई केन्द्रको जग्गा खरिद प्रक्रियामा सहजीकरण गरिदिन नगर प्रमुखको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरसफाई केन्द्रको जग्गा खरिद प्रक्रियामा सहजीकरण गरिदिन नगर प्रमुखको आग्रह

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८२, आईतवार

    दमाैली, ११ साउन । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई केन्द्र व्यवस्थापनका लागि सहजीकरण गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेसँग आग्रह गरेका छन् । नगरपालिकाले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा नगरप्रमुख न्यौपानेले जग्गा खरिद प्रक्रिया अगाडी बढाइएको र त्यसको फाइल मन्त्रालयमा पुगेको बताउँदै त्यसका लागि सहजीकरणका लागि न्यौपानको ध्यानाकर्षण गराएका हुन् ।

    स्थापनाको ३४ वर्षसम्म सरसफाई केन्द्र व्यवस्थापन गर्न नसकिएको बताउँदै न्यौपानेले सबै राजनीतिक दलको तर्फबाट प्रयत्न गरिराखेको उल्लेख गरे । उनले भने, “नेपाल सरकारबाट अनुमति नलिइन जग्गा खरिद प्रक्रिया अगाडी बढाउन सक्दैनौ । मेरो कार्यकाल त अब २० महिनामात्रै बाँकी छ, सबै राजनीतिक दलको तर्फबाट प्रयत्न गरिराखेका छौ । जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले राय मागेको र प्रशासनबाट मन्त्रालयमा राय पठाइसकिएको छ ।”

    उनले सरसफाई केन्द्रको जग्गा व्यवस्थापनमा सहजीकरण गरिदिएर इतिहास बनाउने अवसर मन्त्री न्यौपानेलाई आएको उल्लेख गरे । उनले भने, “एउटा मौका भनौ, अथवा अवसर भनौ या एउटा संयोग भनौ तपाई नै मन्त्री भएको मन्त्रालयमार्फत् त्यो प्रक्रिया टुङ्गो लगाउनुपर्ने भएकाले त्यो काम गरेर इतिहास बनाउनुस् ।”