


दमौली, २० साउन । म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लवले हरितालिका तीजको अवसरमा खुल्ला तीज प्रतियोगिता आयोजना गर्ने भएकाे छ । क्लवले विगत वर्ष झै यस वर्ष पनि तीज गीत प्रतियाेगिता गर्न लागेकाे हाे ।
आगामी भदाै १० र ११ गते तेह्राै खुल्ला तीज गीत एवं नृत्य प्रतियाेगिता हुने क्लवका अध्यक्ष सन्ताेष श्रेष्ठले जानकारी दिए । ‘विकृतिलाई तिरस्कार गरौ, संस्कृतिलाई जगेर्ना गरौ’ भन्ने नारासहित हुने आयाेजना हुने प्रतियाेगितामा प्रथम हुनेलाई रु २२ हजार दुई सय २२, द्वितीय हुनेलाई रु १३ हजार तीन सय ३३ र तृतीय हुनेलाई रु सात हजार सात सय ७७ पुरस्कार प्रदान गरिनेछ ।
यस्तै नृत्यतर्फ प्रथम हुनेलाई रु ६ हजार ६ सय ६६, द्वितीय हुनेलाई रु ४ हजार ४ सय ४४ र तृतीय हुनेलाई रु २ हजार २ सय २२ प्रदान गरिनेछ ।