पराशर टोलमा पराशर ऋषिको मूर्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पराशर टोलमा पराशर ऋषिको मूर्ति

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८२, शनिबार

    दमौली, ७ भदौ । व्यास नगरपालिका-३ पराशर टोलमा पराशर ऋषिको मूर्ति अनावरण गरिएको छ । पराशर टोल विकास संस्थाले यहॉ पराशर ऋषिको मूर्ति निर्माण गरेको हो ।

    उक्त मूर्तिको शनिबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिका-३ का वडाध्यक्ष अनुप रानाले अनावरण गरेका छन् ।

    वडाको रु तीन लाख बजेटबाट मूर्ति निर्माण गरिएको टोल विकास संस्थाका उपाध्यक्ष अजित पन्थले जानकारी दिए ।