


दमौली, ७ भदौ । आदियोगी प्रज्ञा धामको आयोजनामा बन्दीपुर केवलकारको बटम स्टेशनमा तीज सप्ताहान्न उत्सव सुरु भएको छ ।
उक्त कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर चुमानले उदघाटन गरेका छन् । त्यसक्रममा उनले आदियोगी प्रज्ञा धामको माध्यमबाट बन्दीपुर र छिम्केश्वरी मन्दिर हुँदै आँबुखैरेनीसम्म विस्तार हुने गरि र्धामिक एवं टुरिजम को निर्माण गर्न सक्नुपर्ने बताए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको विकासमा केवलकारले नयाँ सम्भावनाका ढोका खोलेको बताए ।
पहिलो दिन ४ टिमले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रम भदौ १० गतेसम्म चल्नेछ । प्रतियोगिताको मुल्याङकन व्यवस्थापन गर्ने, पारदर्शी बनाउन, तीन जना अलग अलग निर्णायक मुल्याङकन पक्ष र दर्शकहरुले समेत मुल्याङकन गर्न मुल्याङकन मार्फत मुल्याङकन गरि व्यालेट बक्समा राखीने र भाद्र ९ गते अंक गणना गरि दोश्रो चरणका प्रतियोगी छनोट गर्ने आयोजकले जनाएको छ ।