शुक्लागण्डकी-८ ढोरफिर्दीमा आयोजित तेस्रो तीज कप रनिङशिल्ड प्रतियोगिताको उपाधि गणेश टोललाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी-८ ढोरफिर्दीमा आयोजित तेस्रो तीज कप रनिङशिल्ड प्रतियोगिताको उपाधि गणेश टोललाई

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८२, बुधबार

    दमौली, ११भदौ । शुक्लागण्डकी नगरपालिका-८ वडा कार्यालयले आयोजना गरेको टोल स्तरीय तेस्रो तीज कप रनिङशिल्ड प्रतियोगिताको उपाधि गणेश टोल विकास संस्थाले जितेको छ ।

     प्रतिस्पर्धी जाजृगी टोलसँगको १०-५ को अन्तरले गणेश टोलले शिल्डको उपाधि हात पारेको हो । दोस्रो हुने जाजृती टोलले ५ र तेस्रो हुने उत्तम टोल विकास संस्थाले ४ अंक प्राप्त गर्यो ।

    प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश: २० हजार, शिल्ड मेडल र प्रमाणपत्र, १५ हजार र १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    त्यसै गरि तीज गीततर्फ गणेश टोल प्रथम, शिव टोल दोस्रो, उत्तम टोल तृतीय, मिलन टोल सान्तवना (१) र बुद्धचोक टोल सान्तवना (२)  भए । उनीहरुले क्रमश: ७ हजार ७ सय ७७, ५ हजार ५ सय ५५, ३ हजार तीन सय ३३, २ हजार २ सय २२ र १ हजार १ सय ११ साथमा मेडल प्रमाणपत्र प्राप्त गरे । झाँकी तर्फ गणेश टोल उत्कृष्ट हुन सफल भयो ।

    खेल तर्फ म्युजिकल चियर प्रतियोगितामा जागृती टोलका रिता भट्टराइ प्रथम, गणेश टोलका नारायणी काफ्ले दोस्रो र शिव टोलका देवी गुरुङ तेस्रो भए । चम्चा गुच्छा तर्फ उत्तम टोलका पार्वती भुजेल प्रथम भइन् । सियोमा धागो उन्ने प्रतियोगितामा एकता टोलकी सुस्मा सुनार प्रथम, गणेश टोलका श्रीमाया गुरुङ दोस्रो र बुद्धचोक टोलका विपना राना तेस्रो भए भने घैटो फुटाइमा गणेश टोलका अनिता ठकुरी प्रथम, जागृती टोलका रिता भट्टराइ दोस्रो र डहरे टोलका सुमित्रा सिहं ठकुरी तेस्रो भए ।

    शुक्लागण्डकी नगरपालिका वडा नं ८ को कार्यालयले आयोजना गरेको पहिलो र दोस्रो तिज कपको उपाधि शिव टोल विकास संस्थाले हाल पारेको थियो । यस वर्षपनि उक्त टोलले उपाधि हात पारेको खण्डमा थप रु ५० हजार सहित रनिङको उपाधि चुम्ने प्रतियोगिताको प्रावधान रहेको थियो ।

    शुक्लागण्डकी नगरपालिका वडा नं ८ का अध्यक्ष नारायण सिंह थापाको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल रहेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य जितप्रकाश आले, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक लगायत सहभागी थिए ।

    स्वागत वडा सदस्य मान बहादुर क्षेत्री र कार्यक्रम सञ्चालन इन्द्र प्रसाद पौडेल र एजिना महतले गरेका थिए ।