


दमौली, ११ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित बेनीटारबाट नियन्त्रित लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पृथ्वीराजमार्ग सडक खण्डमा शंकास्पद अवस्थामा रहेका कास्कीको पोखरा महानगरपालिका-७ का २३ वर्षीय सन्तोष विक र सोही महानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विनोद सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ।
उनीहरूले फाइबरको सपिङ झोलामा लुकाईछिपाई ल्याएको अवस्थामा डाइजेपाम ४७ एम्पुल, फेनरागन ४७ एम्पुल र बुफ्रिन ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिए।