


दमौली, १२ भदौ । भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको बारबर्दिया नगरपालिका बर्दिया सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार उनको सरुवा भएको हो ।
भानुमा सुरज श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनेछन् । उनी काभ्रेको मण्डन देउपुर नगरपालिकाका कार्यरत छन् ।