जनतालाई सहज रुपमा सेवा दिन म्याग्देमा घरदैलोमा घुम्ती शिविर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनतालाई सहज रुपमा सेवा दिन म्याग्देमा घरदैलोमा घुम्ती शिविर

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८२, सोमबार

    दमाैली, १६ भदाै । तनहुँको म्याग्दे गाउँपालिकाले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने उद्धेश्यसहित साेमबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । स्थानीय जनतालाई घरदैलोमा नै सेवा दिने उद्धेश्यसहित गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेको हो ।

    घुम्ती शिविर म्याग्दे गाउँपालिका–१ बच्र्याङबाट सुरु भएको छ । शिविरको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनतासँग गरिएको वाचा अनुरुप प्रत्येक आर्थिक वर्षमा घुम्ती शिविर आयोजना गर्ने गरिएको उल्लेख गरे । उनले भने, “हामीले निर्वाचित भएर आएदेखि नै घुम्ती शिविरमार्फत् जनतालाई सेवा प्रदान गर्छाै भनेर भनेका थियौ, प्रत्येक आर्थिक वर्षमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।”

    अध्यक्ष श्रेष्ठले विगत चार वर्षदेखि एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताउँदै कतिपयले घुम्ती शिविरलाई स्वास्थ्य शिविरमात्रै भनेर बुझेको उल्लेख गरे । उनले भने, “घरदैलोमा पुगेर एकीकृत रुपमा घुम्ती शिविर आयोजना गर्ने म्याग्दे तनहुँकै पहिलो पालिका हो ।” एकीकृत घुम्ती शिविर गरेर अनावश्यक खर्च गरेको भन्ने आरोप खण्डन गर्दै अध्यक्ष श्रेष्ठले आरोप लगाउनेहरुलाई एकपटक घुम्ती शिविर अवलोकन गर्न सुझाव दिए ।

    जनताको व्यापक उपस्थितिले घुम्ती शिविर प्रभावकारी बन्दै गइरहेको बताउँदै उनले थपे “घुम्ती शिविरले जनता र जनप्रतिनिधिको सम्बन्ध सुमधुर बनाउन समेत सहयोग पु¥याएको छ ।” पालिकाको पहुँच भन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजस्व सङ्कलन लगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्धेश्य बमोजिम एकीकृत घुम्ती शिविर गरिएको उनकाे भनाइ छ ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका नजिकको सिंहदरवार भएकाले जनताले सहज रुपमा सेवा पाउनुपर्छ भन्ने मान्यता बमोजिम आफूहरु अगाडी बढेको उल्लेख गरे । उनले भने, “गाउँपालिका र वडा कार्यालयले दिने सम्पूर्ण सेवा जनताको घरदैलोमा पु¥याउने लक्ष्य सहित कार्यक्रम आयोजना गरिएको हो ।“

    चालु आर्थिक वर्ष २०८२÷०८३ मा स्वीकृत भएको कार्यक्रम अनुसार अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम अन्र्तगत वडाले तय गरेको ग्रामीण स्थान वा आवश्यक स्थानमा सञ्चालन गर्ने गरी एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    अधिकारीले एउटा वडामा चार ठाउँमा गरी सात वडामा २८ ठाउँमा घुम्ती शिविर सञ्चालन गरिने जानकारी दिए । उनले भने, “घुम्ती शिविरले स्थानीयवासीले घरदैलोबाटै सम्पूर्ण सेवा पाउनुहुनेछ । यसले स्थानीयवासीको समय र आर्थिक समेत बचत हुनेछ ।”

    वडाध्यक्ष मणिभद्र वाग्लेले वडा कार्यालयले ताेकेकाे ठाउँबाट सेवा लिएर लाभान्वित हुन आग्रह गरे ।

    घुम्ती शिविर असोज १ गतेसम्म सञ्चालन हुनेछ । शिविर वडा नम्बर १ मा भदौ १६ र १७ गते, वडा नम्बर २ मा भदौ १८ र १९ गते, वडा नम्बर ३ मा भदौ २२ र २३ गते, वडा नम्बर ४ मा भदौ २४ र २५ गते हुने छ । त्यस्तै वडा नम्बर ५ मा भदौ २६ र २७ गते, वडा नम्बर ६ मा भदौ २९ र ३० गते तथा वडा नम्बर ७ मा भदौ ३१ र असोज १ गते सञ्चालन हुनेछ ।

    शिविरमा वडा तहवाट घटना दर्ता, राजस्व सङकलन, विभिन्न सिफारिस, स्वास्थ्य र आयुर्वेद शाखाबाट प्रदान गरिने सबै सेवा, पशु र कृषि उपशाखाबाट सञ्चालन हुने सबै सेवा प्रदान गरिनेछ ।

    यस्तै उद्यम विकास शाखावाट व्यवसाय दर्ता तथा नविकरण, महिला बालबालिका उपशाखाबाट विभिन्न परिचय पत्र वितरण र अन्य सरोकार शाखावाट विभिन्न सेवा
    सरोकार तथ्याङ्क सङ्कलन हुने जनाइएको छ ।