आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा क-कसको चर्चा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा क-कसको चर्चा ?

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८२, मंगलवार

    दमौली, १७ भदौ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन नजिकिदै गर्दा अध्यक्षका उम्मेदवारको चर्चा सुरु भएको छ । भदौ २० गते क्याम्पस सञ्चालक समितिको निर्वाचन हुँदैछ ।

    क्याम्पसको अध्यक्षका लागि वर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, कमलामोहन वाग्ले, केशबहादुर सुनार, ठाकुर दरै, चुडामणि दाहाल लगायतको नाम चर्चामा छ ।

    यसअघि क्याम्पस सञ्चालक समिति सदस्य चयन भएपश्चात् मात्रै अध्यक्ष चयन गर्ने गरिएकामा यसपटक भने सिधैं अध्यक्ष चयन गर्ने प्रावधान छ ।