


दमाैली, १७ भदाै । व्यास नगरपालिका-११ शान्तिचाेकस्थित भित्री सडकखण्डमा माेटरसाइकलकाे ठक्करबाट साेमबार पैदलयात्री घाइते भएकी छन् । घाइते हुनेमा ४० वर्षीय शर्मिला अधिकारी रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
ग६प ९६७४ नम्बरकाे मोटरसाइकलकाे ठक्करबाट अधिकारीकाे बायाँ खुट्टामा चोट लागेको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् ।