


दमाैली, १७ भदाै । तनहुँ क्षेत्र नम्बर १ मा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्याैपानेले पहल थालेकी छन् ।
देवघाट गाउँपालिकाको सबै वडा तथा आबुँखैरेनी र बन्दीपुर गाउँपालिकाका केही वडाका नागरिकलाई लक्षित गरि बन्दीपुरको सराङघाटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्री न्याैपानेले पहल सुरु गरेकी हुन् । यो सम्बन्धि प्रस्ताव प्रक्रियामा गएको र चाँडै नै यो प्रस्तावले मुर्तरुप लिने मन्त्री न्याैपानेकाे सचिवालयले जनाएकाे छ ।
जनतालाई सहज रुपमा सेवा लिन पाउने वातावरण निर्माण गर्ने उद्धेश्य सहित तनहुँ क्षेत्र नम्बर २ काे भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय सहित प्रशासन समितिमा पठाइसकिएकाे छ ।