वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    काठमाडौं, ११ असाेज । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज (युनिटी कप) अन्तर्गत पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । युएईको शारजाह क्रिकेट रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

     नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ३ खेलको ऐतिहासिक खेल खेल्न लागेको हो । नेपालले आफ्नो दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्नेछ ।

    यो सिरिज खेलेर नेपाली टोली आइसिसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जानेछ । उक्त प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।