रियलको पोस्टमा एथ्लेटिकोकाे पाँच गाेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रियलको पोस्टमा एथ्लेटिकोकाे पाँच गाेल

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    काठमाडौँ, ११ असाेज । एट्लेटिको मड्रिडले रियल मड्रिडको पोस्टमा पाँच गोल गर्दै सहज जित निकालेको छ । 

    शनिबार राति भएको खेलमा एट्लेटिकोले रियललाई ५–२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन जुलियन आल्भारेजले दुई गोल गरे । त्यस्तै रोविन नोरमान्द, आलेक्जेन्डर सोरिओथ र एन्टोनी ग्रिजम्यानले एक–एक गोल गरे । 

    यता रियलका लागि केलियन एम्बाप्पे र आर्ड गुलेरले एक गोल फर्काए । जितसँगै एट्लेटिकोले ७ खेलबाट १२ अङ्क जोडेर आफूलाई चौथो स्थानमा उभ्याएको छ । पराजित रियल १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना दोस्रो स्थानमा छ ।