


दमौली, १४ असोज । सामाजिक अभियान्ता सुदीप गफ्फारले दसैंको अवसर पारेर विपन्नलाई खाद्यान्न सहयोग गरेका छन् ।
उनले प्रत्येक वर्ष झै यस वर्ष पनि चार परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । आर्थिक रूपमा कमजोर भएका र चाडपर्व मनाउन कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गर्दै चामल, दाल, नुन, तरकारी र मासु वितरण गरिएको उनले बताए।