देशभर विभिन्न स्थानमा वर्षा र पहिरोका कारण १९ वटा सडकखण्डमा सवारी अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर विभिन्न स्थानमा वर्षा र पहिरोका कारण १९ वटा सडकखण्डमा सवारी अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८२, आईतवार

    काठमाडौ, १९ असोज । लगातारको अविरल वर्षाका कारण देशभरका विभिन्न प्रमुख तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ९ बजेसम्मको रिपोर्टअनुसार १९ स्थानमा सडक अवरुद्ध भएको छ ।

    काठमाडौं उपत्यका र आसपासका मुख्य सडकहरूमा समस्या

    नागढुङ्गा–गोदाम–टखेल सडकखण्ड (काठमाडौं हुँदै धादिङ/मकवानपुर): १८ असोजदेखि अर्को सूचना नआएसम्मका लागि दुवैतर्फ सवारी साधन रोकिएको ।

    फाखेल–हुमाने–काठमाडौं सडकखण्ड (मकवानपुर): १८ असोजको दिउँसो १:०० बजे पहिरो खसेर पूर्ण अवरुद्ध ।

    कुलेखानी–सिस्नेरी–दक्षिणकालि–काठमाडौं सडकखण्ड: १८ असोजको साँझ ३:३५ बजे खोलाको बहाब बढ्दा बाटो पूर्ण रूपमा बन्द ।

    कान्ति लोकपथ (बागमती गाउँपालिका– ३ टाकुचे): माथिबाट पहिरो आएर दुवैतर्फको सवारी ठप्प ।

    बीपी र अरनिको राजमार्ग

    बीपी र अरनिको राजमार्ग (काभ्रे – धुलिखेल–दोलालघाट–सिन्धुपाल्चोक सिमाना): १८ असोजको बिहान ८:३० बजेदेखि अनिश्चितकालीन रूपमा बन्द ।

    अरनिको राजमार्ग (भोटकोशी गा.पा.– ४ चारकिलो): १८ असोजको बिहान पुनः सडक भासिएर पूर्ण अवरोध । साना सवारीहरूलाई अस्थायी रूपमा खोलिएको भए पनि पुनः बन्द ।

    बीपी राजमार्ग (काभ्रे – रोशी गा.पा. ११): माटो र ढुंगा खस्दा बाटो दुवैतर्फ अवरुद्ध ।

    बीपी राजमार्ग: १६ असोजदेखि २१ गतेसम्म (६ दिन) साँझ ५:०० देखि बिहान ५:०० बजेसम्म पूर्णरूपमा बन्द ।

    रसुवा जिल्लामा सडक र सीमा पुलमा क्षति

    मितेरी पुल (नेपाल–चीन सीमा): २४ असारमा आएको बाढीले पुलमा क्षति, आवतजावत ठप्प ।

    पासाङ ल्हामु राजमार्ग (रसुवा – घट्टेखोला, बालुवाखानि, तातोपानी): सुख्खा पहिरो र ढुंगा खस्दा पूर्ण अवरोध ।

    संखुवासभा र कोशी राजमार्ग

    कोशी राजमार्ग–बरुणखोला (भोटखोला गा.पा. ४): बाढीले ह्युमपाइप बगाउँदा खाँदबारी–थुमसुर सडक खण्ड पूर्ण अवरुद्ध ।

    खाँदबारी–किमाथांका सडक (मकालु गा.पा. ३ एकुवा): १५ भदौदेखि पहिरो खस्दा बाटो पूर्ण अवरोध ।

    अन्य लोकमार्ग र राजमार्गहरू

    सिद्धिचरण लोकमार्ग (ओखलढुंगा): मानेभञ्ज्याङ गाउँपालिका ६–७ सिमानास्थित भँडारे खोलामा बाढीले करिब १० मिटर सडक बगाएको ।

    नारायणगढ–मुग्लिङ सडकखण्ड (चितवन–इच्छाकामना): नाम्चे खोला र तुइनखोला क्षेत्रमा पहिरो खस्दा एकतर्फी बाटो बन्द ।

    पृथ्वी राजमार्ग (धादिङ–गजुरी, बेनिघाट रोराङ): गजुरी–जहरेखेत र जवाङखोला क्षेत्रमा पहिरो खसेर दुवैतर्फ सवारी रोकिएको ।

    मध्यपहाडी लोकमार्ग (धनकुटा–दिकुरे): सडक भासिएर पूर्णरूपमा बन्द ।

    मध्यपहाडी लोकमार्ग (सिन्धुली–नागस्थान, फिक्कल गा.पा. ६): माटो, ढुंगा र लेदोसहितको पहिरोले बाटो बन्द ।

    मध्यपहाडी लोकमार्ग (सिन्धुली – मरिण गा.पा. २ सिन्दुरे दोभान): अविरल वर्षाले पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध ।

    कोशी लोकमार्ग (धनकुटा – साँगुरीगढि गा.पा. १, ६): चनौटे, घण्टे र सिमसुवा गरी तीन स्थानमा पहिरो खसेर बाटो बन्द ।