


दमौली, २५ असोज । तनहुँको बन्दीपुर गाउँपालिका-५ बाहुनभञ्ज्याङमा भिरबाट लडेर पूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७३ वर्षीय खुदबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आफन्तको विवाहबाट घर फर्किने क्रममा शुक्रबार राति भिरबाट लडेर घाइते आलेलाई ऑबुखैरेनी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । निज भिरबाट अन्दाजी एक सय ५० मिटर तल खसेका थिए । निजलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याएका थिए ।