कांग्रेस एमालेले एक अर्काको घर जलाएका हुन् : बालेन साह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस एमालेले एक अर्काको घर जलाएका हुन् : बालेन साह

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०८२, बुधबार

    काठमाडौं, ५ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका क्रममा कांग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् ।

    उनले आफनो फेसबुकमा स्टाटस लेख्दै जेनजी आन्दोलनका क्रममा आन्दोलनमा एमाले कांग्रेसले एकअर्काको घर जलाएको आरोप लगाउँदै दोष बच्चालाई लगाएको भन्दै आक्रोश पोखेका हुन्

    उनले तुइन र काठको पूल बनाउने नेताहरुले यो देश विदेशीले बिगार्यो भन्न नसुहाउने टिप्पणी गरेका छन् ।

    साथै उनले भिसा पाउन नेताको घर धाउन पर्ने बताउँदै अरुलाई एजेन्ट भनेको रोस पोखेका छन् । उनले आफूलाई लुसिफर भन्नेलाई पनि कडा जवाफ दिएका छन् ।  चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौं भन्दै उनले नेताहरुलाई प्रश्न समेत गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, “तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ। आन्दोलनमा पुरै देश एमालेले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल–बच्चालाई दिन्छौ। चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ। लाज लाग्दैन? ’