तनहुँकाे बेलचाैतारामा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकाे बेलचाैतारामा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८२, आईतवार

    दमाैली, २३ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा मिनी ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३७ वर्षीया देवी तिवारी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुलेगौडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ क १८४५ नम्बरको मिनी ट्रकले साँझ ६ः२० बजे बाटो काट्ने क्रममा पौडेललाई ठक्कर दिइ घाइते बनाएको थियो । घाइते पौडेलाई उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा ७ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।