


काठमाडौ, २४ कात्तिक । मधेस प्रदेशमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ।एमाले दल नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन्।
पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) का अनुसार बर्दिबास र सिन्धुलीको सिमाना स्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेकी हुन्।