‘राष्ट्रिय सम्पत्तिको भोगचलन हुने कुरा सर्वथा अनुचित’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘राष्ट्रिय सम्पत्तिको भोगचलन हुने कुरा सर्वथा अनुचित’

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०८२, मंगलवार

    दमौली, २५ कात्तिक । तनहुँका विभिन्न ठाउँका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्न माग गरिएको छ । व्यक्ति तथा कुनै व्यापारिक प्रयोजन साथै कुनै पनि बहानामा राष्ट्रिय सम्पत्तिको भोगचलन हुने कुरा सर्वथा अनुचित रहेको भन्दै भानु नगरपालिका-४ का विद्यानाथ ढकालले यसको छानबिन गर्न माग गरेका हुन् ।

    बन्दिपुर गाउँपालिका-४ मा रहेको ‘गढी’ (बन्दै गरेको पाँच तारे होटल ‘बन्दिपुर हिल्स’ को थोरै पूर्वतर्फ रहेको थुम्को) र व्यास नगरपालिका-११ तनहुँसुर दरवारसँगै उत्तरतर्फ रहेको ‘टुँडिखेल’ व्यक्तिको नाममा रहनुका साथै भानु नगरपालिका-१३ मिर्लुङकोटमा रहेको पुरानो दरबारको भग्नावशेष माथि दूरसञ्चारको टावर रहेको कुरा सुन्नमा आएको उनले उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘यी विषयको वास्तविकता जनसमक्ष ल्याइदिनुहुनका लागि सम्बन्धित पालिका, वडासँग हार्दिक अनुरोध छ । साथै यी विषयमा अन्य आदरणीय विद्वान महानुभावहरू जो कोहीलाई थप जानकारी भए आफ्नो जानकारी सम्प्रेषण गरिदिनुहुन पनि विनम्र अनुरोध छ ।’

    सम्बन्धित व्यक्तिहरूलाई ती ऐतिहासिक धरोहरको स्वामित्व राज्यका नाममा हस्तान्तरण गरिदिन साथै दूरसञ्चार कार्यालयलाई पनि टावर अन्य उपयुक्त स्थानमा स्थानान्तरण गरिदिन ढकालले आग्रह गरेका छन् ।