


दमाैली, २५ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा आज दिउँसो भारतीय नम्बर प्लेटको ग्यास बुलेट दुर्घटना भएको छ । दमौलीबाट आँबुखैरेनी तर्फ जादै गरेको एक्सआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ग्यास बुलेट क्रेनको सहायताबाट उठाउने काम भइरहेको जनाइएको छ ।
