कात्तिकको अन्तिम मङ्गलबार थानीमाइमा ६६ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कात्तिकको अन्तिम मङ्गलबार थानीमाइमा ६६ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०८२, मंगलवार

    दमाैली, २५ कात्तिक । यहाँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको अन्तिम मङ्गलबार आज ६६ फूलको डोली भित्रिएको छ । देशका विभिन्न ठाउँबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् ।

    त्यसक्रममा आठ हजार पाँच सय ७० जना भक्तजनले मन्दिरमा दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए ।

    उनका अनुसार तनहुँबाट ३०, काठमाडौबाट आठ, लमजुङबाट १४, चितवनबाट एक, गोरखाबाट नौ, नवलपरासीबाट एक, रुपन्देहीबाट एक र कास्कीबाट दुई फूलको डोली भित्रिएको छ । मन्दिरमा फूलको डोली भित्र्याउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।