कति छ एनपिएलको टिकट मूल्य ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कति छ एनपिएलको टिकट मूल्य ?

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    काठमाडौ, २७ कात्तिक । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।

    मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि क्यानले बिहीबार टिकट दर सार्वजनिक गरेको हो।

    साथै टिकट बिक्री खुल्ला गरिएको गरिएको छ।  पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट विक्री खुल्ला गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। टिकट खल्ती एपबाट काट्न सकिनेछ।

    उदघाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ रहेको छ। यस्तै उदघाटन र शनिबारको प्रिमियम टिकट मूल्य १५ सय रूपैयाँ तोकिएको छ। यसैगरी अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ र प्रिमियमतर्फ १ हजार रूपैयाँ छ। यस्तै प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रूपैयाँ टिकट रहेको छ। 

    IMG_7354-1763044599.png