


काठमाडौं, २८ कात्तिक । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखरा एभेन्जर्सले यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो सिजनको लागि निसमलाई अनुबन्ध गरेको जनाएको छ ।
पोखराले शुक्रबार बिहानै चौथो विदेशी खेलाडीको रुपमा निसमलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
पहिलो सिजनमा च्याम्पियन बनेको जनकपुर बोल्ट्सबाट खेलेका निशमले दोस्रो सिजन अर्को फ्रेन्चाइजबाट खेल्ने भएका हुन् ।