तनहुँ समाज युकेद्वारा मिर्गौला पीडितलाई साढे दुई लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ समाज युकेद्वारा मिर्गौला पीडितलाई साढे दुई लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८२, आईतवार

    दमौली, ३० कात्तिक । तनहुँ समाज युकेले यहाँका एक मिर्गौला पीडितलाई साढे दुई लाख भन्दा बढी रकम सहयोग गरेको छ । व्यास नगरपालिका–११ निर्बु निवासी मिर्गौला पीडित बुद्धिबहादुर गुरुङको उपचारमा सघाउन समाजले रु दुई लाख ६० हजार पाँच सय ४७ आर्थिक सहयोग गरेको हो ।

    युकेमा रहेका तनहुँवासीबाट रकम सङ्कलन गरी समाजका उपाध्यक्ष निर्मला थापाले पीडित गुरुङलाई उक्त रकम हस्तान्तरण गरेकी छन् । युकेमा रहेका तनहुँवासीबाट स्वतस्फूर्त रुपमा सङ्कलन गरिएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिए ।

    युकेमा छरिएर रहेका तनहुँवासीलाई एकीकृत गर्ने उद्धेश्यले सन् २००८ मा तनहुँ समाज युके स्थापना गरिएको थियो । समाजले तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा कला संस्कृतिको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

    समाजका अध्यक्ष सन्तबहादुर गुरुङले भने, “रोजगारी लगायत विभिन्न सिलसिलामा युकेमा रहेपनि जिल्लाको विकास निर्माण र बिरामीहरुलाई निरन्तर रुपमा सहयोग गरिरहनेछौ ।”