


दमौली, १ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । काठमाडौबाट पार्सल गरी आएको लागुऔषध सहित प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको पालुङ्टार नगरपालिका-७ बिरुवाटार बस्ने २८ वर्षीय अर्जुन रोका रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलीले काठमाडौबाट पोखरातर्फ आउँदै गरेको ग२ ख १९८३ नं.को माईक्रो बसलाई रोकी जॉच गर्ने क्रममा माईक्रो बसमा गोंगबु बसपार्कबाट एक जना पुरुषले डुम्रेसम्म पुर्याई दिनु भनि झोला भित्र काटुनमा सेतो टेपले बेरेर लागुऔषध पठाएका थिए ।
उक्त पार्सल संकास्पद लागि मगाउने मानिसलाई खोज तलास गर्ने क्रममा विमलनगरबाट रोकालाई पक्राउ गरिएको हो । प्रहरीले २४० थान लागुऔषध बरामद गरेको छ ।
