ला लिगामा बार्सिलोना अगाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ला लिगामा बार्सिलोना अगाडी

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८२, आईतवार

    काठमाडौ, ७ मंसिर । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबोआमाथि ४–० को सजिलो जित निकाल्दै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

    उसको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ ।

    रियल म्याड्रिड पनि समान ३१ अंक छ । बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे । यस्तै रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले एक एक गोल गरे । बिलबाओ १७ अंकमा आठौं स्थानमा छ ।

    अर्को प्रमुख खेलमा भिल्लारियलले रियल मार्लोकालाई २–१ ले हरायो । यस जितपछि भिल्लारियल २९ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।